१०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त

काठमाडौं, फागुन २० गते । नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ । हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८.६१ छ ।

चौबीस घण्टामा ३७ जना महिला र ७० जना पुरुष सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter