धरहराको बाहिरी संरचना पूर्ण हुँदै, गुम्बजको ढलान भोलि सिधिने

मुकुन्द गैरे / काठमाडौं, फागुन २४ गते । काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम भोलि मंगलबार सिधिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीको भनाइ छ । कन्सट्रक्सनका व्यवस्थापक श्रेष्ठले बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको बताउनुभयो । अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् ।

धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ । सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि अहिले काम निरन्तर भइरहेको छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको उहाँले बताउनुभयो ।

अहिले बनिरहेको धरहरा विगतमा रहेको धरहराकै शैलीमा बन्दैछ । धरहरामा बालुवा, छड, ईंटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर मजुबत तरिकाले बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने श्रेष्ठ बताउनुहुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।

नयाँ धरहरालाई बालबालिका, जेष्ठ नागरिक र अपाङ्गमैत्री पनि बनाइएको छ । धरोहरा चढ्न दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ । साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ ।धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।

वि.सं. २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा ढलेको थियो । धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ । नेपालको पहिचान चिनाउने उक्त पुरानो ऐतिहासिक धरहरालाई सफाइ गरेर पुरानै मौलिकतामा प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter