• Saturday, April 12, 2025

दुई हजार ६१५ परीक्षणमा ५९ सङ्क्रमणको पुष्टि, ६० निकाे, एककाे मृत्यु

काठमाडौं, फागुन २५ गते । नेपालमा कोरोना भाइरसका ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ९८७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९९ हजार ९५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५६ जना क्वारेन्टिनमा छन् । पछिल्लाे २४ घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter