तीन हजार ४८८ परीक्षणमा १०४ सङ्क्रमित, ६३ सङ्क्रमित निको

काठमाडौं, फागुन २६ गते । नेपालमा कोरोना भाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ९७४ पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ५० जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २२ लाख तीन हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ९११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter