नेपालमा पहिलो पटक २१ सयलाई ‘माउन्टेन गाइड’ अनुमतिपत्र दिइँदै

छेटु शेर्पा / काठमाडौं, चैत १ गते । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ ।

विभागले सूचना जारी गरी आइतबारबाट निवेदन संकलन गर्न शुरु गरेको विभागका निर्देशक एवं पर्वतारोहण शाखाका प्रमुख मीरा आचार्यले जानकारी दिनुभयो । प्रकाशित सूचना अनुसार नेपाल पर्वतारोहण संघबाट रातो किताब लिएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रदान गरेको तह चार को माउन्टेन गाइड प्रमाणपत्र पाएका पर्वतारोहीले लाइसेन्स पाउनेछन् ।

यसमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चार को माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् ।

६८ वर्षअघि सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरेपछि हिमाल र मानवबीचको सम्बन्ध शुरु भएको पाइन्छ । त्यो समयदेखि आजसम्म हिमालमा काम गर्ने पर्वतारोहीका लागि सरकारले प्रमाणपत्र उपलब्ध गराएको थिएन । विभागले यस पटक माउन्टेन गाइड लाइसेन्स वितरण शुरु गरे पछि आरोही गाइडहरु खुसी भएका छन् ।

गत वर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले समेत सीप परिक्षण गरी चार तहको माउन्टेन गाइण प्रमाणपत्र दिन शुरु गरेको थियो । परिषद्ले पहिलो पटक ११ जना गाइडलाई प्रमाणपत्र दिएको थियो । इजाजतको समयावधि पाँच वर्षको हुने छ । आरोहणका लागि खुल्ला गरेका ४०३ वटा हिमालमा हाल पर्वतारोहीहरुले गाइड गर्दै आएको विभागको तथ्याङ्क छ ।

लाइसेन्स वितरणले पर्वतारोहीको मनोबल बढ्ने भएकाले आरोहण थप व्यवस्थित हुने निर्देशक आचार्यले बनाउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter