• Sunday, June 08, 2025

नेपाल थ्री नेशन्स कपको च्याम्पियन

इश्वरचन्द्र झा / काठमाडौं, चैत्त १६ गते । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल हुनुभयो । विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–० ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।

त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाउनुभयो । १३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोक्नुभयो ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो । रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिनुभयो ।

पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।

८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।

८७ औं मिनेटमा बङ्गलादेशका कप्तानले गर्नुभएको प्रहार गोलकिपर किरणकुमार लिम्बुले गोल हुनबाट रोक्नुभयो ।

बिराजको सन्यास

लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्नुभएका बिराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिनुभयो । सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नुभएको बिराजको यो अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुन पुग्यो । बिराजले नेपालका लागि ७४ अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फुटबल जिवनबाट सन्यास लिनुभएको हो ।

चार खेलाडीको डेब्यु

थ्री नेशन्स कप प्रतियोगितामै नेपालका चार जना खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गर्नुभएको छ । सञ्जोग राई र त्रिदेब गुरुङ पहिलो रोजाईमा पर्दै डेब्यु गर्नुभएको थियो । दुबैजनाले किर्गिस्तान बिरुद्धकै खेलमा डेब्यु गर्नुभएको थियो । निशान खड्का भने बङ्गलादेश बिरुद्धको खेलबाट नेपालको राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रतिनिधित्व गर्नुभयो । फाइनलमा छिरिङ्ग गुरुङ्गले ८१ औं मिनेटमा विशाल राईलाई बिस्थापित गर्दा यसै प्रतियोगितामा डेब्यु गर्नुहुने उहाँ चौथो खेलाडी बन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter