• Wednesday, April 02, 2025

१६७ सङ्क्रमित थपिए, ११५ कोरोनामुक्त, दुईको मृत्यु

काठमाडौं, चैत १७ गते । नेपालमा कोरोनाभाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै तीन हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ९८.४ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको र कोरोनाकै कारणले चौबीस घण्टामा तीन जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको छ ।

हाल ५३ जना क्वारेन्टिनमा र एक हजार ३९० जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter