• Wednesday, April 02, 2025

थ्री नेशन्स कप जित्ने खेलाडी एन्फाबाट पुरस्कृत हुने

काठमाडौं, चैत १७ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण गरिने बताउनुभएको छ । सोमबार बङ्गलादेशलाई २–१ ले हराउँदै नेपालले किर्गिस्तान सम्मिलित थ्री नेशन्स कपको उपाधि हात पारेको थियो । उपाधिको विजेता टोलीलाई ट्रफीका साथै पाँच हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको थियो । नेपाली टोलीले उपाधि जित्दा उक्त ट्रफी र पुरस्कार पाएको हो ।

टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter