पाँच हजार ६५७ सङ्क्रमित, ९२८ कोरोनामुक्त, ३३ को मृत्यु

काठमाडौं, वैशाख १७ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार ६५७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार हाल ३८ हजार ८१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५२५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७० जनामा पोजेटिभ पाइएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९२८ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ८६.९ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा रिर्पोट प्राप्त भएको मृत्यु सङ्ख्या ३३ र चौबीस घण्टाभित्रमा मृत्यु भएकाहरुको संख्या २८ रहेको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २७९ जनाको मृत्यु भएको छ । हाल ३८ हजार ८१३ जना आइसोलेशनमा र ५५ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter