प्राविधिक तथा जीवन उपयोगी शिक्षा सरकारको प्राथमिकताः प्रधानमन्त्री

सपना थामी / काठमाडौं, वैशाख १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र समाजलाई योगदान पुर्‍याउनसक्ने एवम् जीवनउपयोगी शिक्षा निर्माणमा सरकारको जोड रहेको बताउनुभएको छ ।

शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २९ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले देश विकासका प्राविधिक एवम् जीवनउपयोगी शिक्षा आवश्इक रहेको बताउनुभएको हो । यसका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन २०४५ अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक निकायहरुसँग समन्वय गर्ने उदेश्यकासाथ सन् १९९१ मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापना गरिएकोमा यसले प्राविधिक क्षेत्रमा जनशक्तिहरु उत्पादन गरेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । हाल परिषद्ले देशैभरका ३ सय ८३ पालिकाहरुका आधारभूत र माध्यामिक तहका युवाहरुमा शिक्षा र प्रविधिको पहुँच विस्तार गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको यस परिषद्ले विशेषगरी कृषि, वन, ईन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा जनशक्तिहरु उत्पादन गर्दै आएकोमा जनशक्तिको सीप विकास र कार्यररत प्रशिक्षकहरुको क्षमता अधिवृद्धिमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ । उहाँले शिक्षा हासिल गरिसकेपछि प्रमाणपत्र कुनै समस्या नबन्ने बरु, जीवनलाई सहज ढंगले अगाडि बढाउनसक्ने शिक्षालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । यसस“गै उहा“ले शिक्षाले समाज र राष्ट्रलाई पनि उपयोगी ढंगले योगदान गर्नसक्नुपर्ने बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सरकार र कोरियाली सरकारबीच सम्झौता भई निर्माण सम्पन्न भएको प्रतिष्ठानको भवन भर्चुअल माध्यममार्फत उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरियाली सरकारलाई पनि विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प लिएर अघि बढिरहेकोमा प्रविधिको विकाससँगसँगै प्राविधिक शिक्षालाई अगाडि लैजानुपर्ने उहाँले बताउनुभयो । प्राविधिक शिक्षा र प्राविधिक शिक्षालहरुमा थप ज्ञान र क्ष्ँमताअभिवृद्धिको आवश्यकता, – प्रधानमन्त्री ओली बताउँनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter