• Saturday, March 01, 2025

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं, जेठ १७ गते । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरुगरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरुगरी छिटो परिणाम ल्याउनेगरी अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुई दिनपछि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनु भएको छ ।

सोमबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सो निर्देश गर्नुभएको उहाँको प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिकासहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भन्नुभयो– “बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।” अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउनेगरी तयारी गर्न निर्देशन दिनुभयो ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरुको छलफलमा उपस्थिति रहेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो ।

यसैगरी नियमितरुपमा अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना तय भएको केसीले बताउनभयो । दुई दिन अघि शनिबार अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter