• Saturday, May 03, 2025

थप एक हजार ५०९ सङ्क्रमित, तीन हजार ८५३ सङ्क्रमणमुक्त

काठमाडाैं, असार १४ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमित क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, चारहजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८५३ छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस सङ्क्रमित भएका छन् । पाँच लाख ८८ हजार १८७ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा अहिले ३७ हजार ९५० जना सक्रिय सङ्क्रमित छन् । अहिले देशभर ३५७ जना क्वारेन्टाइनमा छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा ४२ जना बिरामीकाे मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार ५१ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter