• Monday, May 19, 2025

दुई हजार ३८२ थपिए, छ हजार २९५ कोरोनामुक्त, ६१ को मृत्यु

काठमाडौं, जेठ २९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ५०६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख छ हजार ७७८ पुगेको जनाएको छ । एन्टीजेन विधिबाट पोजेटिभ भएका सङ्क्रमितको सङ्ख्या १९ हजार ७५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २९५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८६.९ प्रतिशत पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार ३६६ जनाले ज्यान गुमाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter