गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

कास्की, जेठ २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुनुहुन्थ्याे । उहाँ पञ्चायतकालदेखि सक्रिय राजनीतिमा हुनुहन्छ। उहाँ २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेक्नु भएको थियो । उहाँ विभिन्न आन्दोलनमा उहाँ ५–६ पटक जेल पनि पर्नु भएकाे थियाे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ ।

कांग्रेसको १२ औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य बन्नुभएका उहाँ प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी हुनु भएको थियो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter