• Thursday, May 22, 2025

एक हजार ६९४ थपिए, तीन हजार ९९४ कोरोनामुक्त, ४६ को मृत्यु

काठमाडौं, जेठ ३० गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगेको छ ।

नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter