• Tuesday, May 20, 2025

कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारी महत, शर्मा र ढकालविरुद्ध एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं, असार ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध एक अर्ब, ३३ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले निजहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक भ्रष्टाचार गरेको ठहर गरेको छ ।

शर्मासहित कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालले नेपाल सरकारको मिति २०७१ माघ २२ गतेमा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आयोगको दावी छ ।

आयोगले गरेको अनुसन्धानबाट करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपियाँ बक्यौता कर छुट दिएको पुष्टि भएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

आरोपित तीनै जनाले कार्य सम्पादन बदनियतपूर्वक गरी व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याएको अनुसन्धानमा खुल्न आएको छ ।आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्र्तगत कारवाही र विगो असुल गर्नु पर्ने मागसहित अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter