एक हजार ५७७ सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु
काठमाडाैं, असार १० गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।
यस्तै, चारहजार ९९७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । याेसँगै आठ हजार ९१८ जनाको मृत्यु भैसकेको छ ।
दुई हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४९ हजा।र ५५५ जना रहेका छन् ।