• Wednesday, May 14, 2025

थप एक हजार १७४ सङ्क्रमण पुष्टि, चार हजार ९१४ जना निको

काठमाडौं, असार १२ गते । पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ८०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै आठ हजार ९७५ जनाको मृत्यु भैसकेको छ ।

चारहजार ९१४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९१.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४२ हजार २४ जना छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter