माथिल्लो तामाकोशीको व्यवसायिक उत्पादनसँगै विद्युतमा भारतको निर्भरता हट्दै

छेटु शेर्पा / काठमाडौं, असार २७ गते । माथिल्लो तामाकोशी विद्युत् आयोजनाबाट पूर्णरुपमा विद्युत् उत्पादन भएमा विद्युतमा नेपालको परनिर्भरता हट्नेछ । बजार मागभन्दा विद्युत् उत्पादन दर बढ्दै गएकाले भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता अब हट्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो ।

अहिले नेपाली बजारमा १३ सय ५० मेगावाट विद्युतको माग छ । उत्पादन अहिले १३ सय ५० मेगावाट भइरहेको प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीको उत्पादन व्यवसायिक रुपले हुन थालेमा भारतबाट आयात गर्दै आएको ४ सय ५० मेगावाट विद्युतको पनि खाँचो नपर्ने उहाँले बताउनुभयो ।

नेपालमा विद्युतको माग र उत्पादन बराबर भए पनि समय समयमा विभिन्न कारणले आयोजनाहरु बन्द हुँदा भारतबाट पनि विद्युत आयात गर्ने गरिएको छ । अब माथिल्लो तामाकोशी आयोजनाले पूर्ण रुपमा व्यापारिक उत्पादन थालेपछि भने भारतबात बिजुलीको आयात गर्नुपर्ने आवश्यकता रहँदैन ।

माथिल्लो तामाकोशीको कुल क्षमता ४५६ मेगावाट छ । तत्काल माथिल्लो तामाकोशीमा परिक्षण उत्पादन मात्र शुरु भएकाले अझै व्यवसायिक उत्पादन शुरु हुन समय लाग्छ । पूर्ण क्षमतामा सञ्चालन गर्न तीन महिना समय लाग्ने प्राधिकरणले जनाएको छ । ७६ मेगावाटका दरले ६ वटा टर्वाइन मेसिनबाट विद्युत उत्पादन हुने भएकाले प्रत्येक मेसिनबाट लोड क्षमता जाँच गर्न तीन महिना समय लाग्ने प्राधिकरणका प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो ।

प्राधिकरणकाअनुसार बजारको माग दैनिक बढ्दोक्रममा छ । उत्पादनमा घटबढ भइरहने भएकाले भारतीय विद्युतमा निर्भर हुनुपर्ने बाध्यता अहिले छ । हिउँद र बर्खा समयमा विद्युत उत्पादनको दर नमिल्ने र केही विद्युत आयोजनामा प्राविधिक समस्याहरु आइरहने भएकाले उत्पादन एकनास नहुदाँ नियमति आपूर्ति गर्न समस्या हुने भएर हाल भारतबाट आयत गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ ।

मस्याङदी विद्युत आयोजनामा बाढीले क्षति पु-याएको छ । अन्य आयोजनाहरुमा समेत प्राविधिक समस्याहरु आइरहने देखिन्छ । उत्पादनभन्दा बढी दैनिक माग बढ्दै गएको प्राधिकरणको बुझाई छ । दैनिक माग सन्तुलन कामय गर्नेगरी (डेल्ली पिकिङ) गर्न माथिल्लो तामाकोसी, कालिगण्डकी, मस्याङदी, मध्य मर्स्याङ्दी, चमेलिया, माथिल्लो तामाकोशी आयोजनाले सहयोग पु¥याएको छ । यी आयोजनाहरुले दिनभर पानी जम्मा गरेर धेरै माग हुने समयमा दैनिक चार घण्टा उत्पादन गरी माग र उत्पादन सन्तुलन गर्न सहज भएको प्राधिकरणको बुझाई छ ।

प्राधिकरणले तत्काल माग धान्न र भारतबाट विद्युत आयात रोक्न स्टोरेज क्षमता बढाउने तयारी शुरु गरेको छ । प्राधिकरणले सहायक कम्पनी खडा गरेर ६३५ मेगावाट दूधकोसी, ८८० मेगावाट उत्तरगङ्गा र १८० मेगावाटको आँधीखोला स्टोरेज (भण्डारण) प्लान्ट निर्माणका लागि योजना बनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको निर्माण गर्न विद्युत विकास विभागले २०७७ भदौ २५ गते अनुमति प्रदान गरेको थियो । यो आयोजना निर्माणसँगै विद्युत् आपूर्ति थप सहज बन्ने प्राधिकरणले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter