साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन डाक्न सिफारिस
पुरूषाेतम् खत्री / काठमाडौं, असार ३१ गते । मन्त्रिपरिषद्को आजको बैठकले यही साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
साथै, बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
राष्ट्रपतिद्वारा साउन ३ गते दुबै सदनको अधिवेशन आव्हान
राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन ३ गते दिउँसो ४ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सो अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।