रासायनिक मल वितरणमा समस्या देखिएकाले अभाव जस्तो देखिएको हो – कृषि सचिव

मुकुन्द गैरे / काठमाडौं, साउन १६ गते । खेतबारीमा हुने बालीका लागि अहिले मल चाहिने समय हो । किसानको लागि चाहिने रासायनिक मल प्राप्त मात्रामा पुग्न नसकेको गुनासो आइरहेको छ ।

यो वर्षाको मौसममा धान र मकैलगायतमा युरिया मल आवश्यक पर्ने गर्छ । यसैबीच सरकारले अहिले मलको अभाव नभएको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले रासायनिक मलको अभाव नभएको बताउनुभयो ।

वितरण प्रणालीमा नयाँ निर्देशिका जारी भएपछि वितरण प्रणालीमा केही समस्या देखिएको पाइए तापनि अहिलेको लागि चाहिने आवश्यक मल मौज्दात रहेको उहाँ बताउनुहुन्छ ।

स्टक मल हुँदाहुँदै पनि वितरण प्रणालीमा समस्या आएको गुनासो आउने गरेको भन्दै यसको लागि सुधार गर्न काम भइरहेको सचिव कार्कीले बताउनुभयो ।

तर मल नै अभाव भएर किसानले मल नपाएको अवस्था नरहेको र केही ठाउँमा वितरण प्रणालीमा समस्या भए पनि समग्रमा हेर्दा किसानले यो वर्ष मल पाइरहेको मन्त्रालयको भनाइ छ ।

नयाँ निर्देशिका जारी भएसँगै गाउँपालिका, नगरपालिका स्थानिय निकायले मलको वितरण गरिरहेका छन् । आजको दिन सम्म हेर्दा ४० हजार भन्दा बढी मात्रामा रासायनिक मल मौज्दात रहेको उहाँले बताउनुभयो ।

अव आउने सिजनमा भने अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढदै गएकोले केही समस्या आउने कुरालाई मध्यनजर गरेर मन्त्रालयले काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

मल पाउने अधिकार किसान भएकोले उहाँहरुलाई आवश्यक पर्ने मलको व्यावस्था गर्न लागिरहेको उहाँँले बताउनुभयो ।

मन्त्रालयले टेण्डर परेका कम्पनीहरुलाई मल ल्याउन भनिरहेको र अन्तराष्ट्रिय बजारमा मूल्य बढदा टेण्डरमा समस्या आउने देखिएको भन्दै त्यस विषयमा पनि कसरी समाधान गर्न सकिन्छ भनेर मन्त्रालय कोसिस जारी राखेको उहाँले बताउनुभयो ।

आउने गहँुको सिजनको लागि ८० हजार मेट्रिक टन मल आवश्यक पर्छ त्यसको लागि अभाव हुन नदिन पनि मन्त्रालय लागिपरेको उहाँले बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी किसान सम्म मल प्राप्त मात्रमा पुगेको बताउनुुहुन्छ । गतबर्षहरुमा मलको अभाव भए पनि यो वर्ष प्राप्त मात्रमा किसानले मल पाइरहेको उहाँले बताउनुभयो ।

कृषि सामग्री कम्पनीमा हाल यूरिया २३ हजार मेट्रिक टन, डिएपी १२ हजार मेट्रिक टन र पोटास २२ सय मेट्रिक टन मल मौज्दात रहेको र अन्य मल समेत मौज्दात रहेको प्रवन्ध सञ्चालक भण्डारी बताउनुुहुन्छ ।

केही दिन अघि मात्रै ३० हजार मेट्रिक टन मल कलकता र २२ हजार मेट्रिक टन बंगलादेशबाट मल आएको समेतत उहाँले बताउनुभयो ।

अहिले पनि मल आउनेक्रम जारी रहेको उहाँ बताउनुहुन्छ । स्थानीयतहका २८ सय भन्दा बढी विक्रेताले मल वितरण गर्दै आएका छन् ।

किसानले पाउने सहुलियत मूल्यको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेबाट पाउने गर्छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter