थप एक हजार ९०२ सङ्क्रमित, एक हजार ८०८ कोरोनामुक्त, १६ को मृत्यु

काठमाडौं, भदौ १४ गते । पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८९२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ३९१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६१ हजार १२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८०८ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १४ हजार ५२० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७३० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

३५ हजार ८७४ जना सक्रिया सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter