थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ गते । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, तीन हजार ९९२ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.१६ प्रतिशत छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७८६ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

सकृय सङ्क्रमित ३३ हजार ९४६ जना छन् ।

नेपालमा ११ हजार सात सय जनाले काेराेना विरुद्धको खाेप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter