कोरोनाबीच पनि आरोहणप्रति चासो बढ्यो, १५७ जनाले मनास्लु आरोहण गर्ने

काठमाडौं, भदौ २२ गते । जोखिमपूर्ण आरोहण मध्येमा पर्ने मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि १५७ जना विदेशी आरोहीले पर्यटन विभागबाट अनुमती लिएका छन् ।

हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै बीचमा पनि ठूलो संख्यामा आरोहण हुने भएको विभागको तथ्याङक छ । १५ आरोहणदलबाट ३३ जना महिला र १२४ जना विदेशी आरोहीले मनास्लु हिमाल आरोहण सोमबारसम्म अनुमती लिई सकेको विभागका महानिर्दैशक रुद्र सिं तामाङले जानकारी दिनुभयो । वातावरणीय हिसावले बर्षामा भन्दा हिउँदमा सहज हुने भएकाले मनास्लुमा आरोहीहरु आउने गरेको आरोहण गाइड लाक्पा शेर्पाले बताउनुभयो ।

कञ्चनजङ्घा पनि आरोहण हुने

मनास्लु हिमालसँगै दुई पुरुष र एक महिला गरी तीन जनाले विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणका लागि अनुमती लिएका छन् । महामारीसँगै संक्रमण न्युन हुन थालेपछि विदेशी आरोहीहरु धमाधम हिमाल आरोहणका लागि आउन थालेको महानिर्देशक तामाङले जानकारी दिनुभयो ।

कोरोना भाईरस(कोभिड–१९) महामारीकै बीचमा भए पनि यस वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सबै भन्दा धेरै करिव ३७६ जना आरोहीले अनुमती लिएको विभागको तथ्याङक छ । सरकारले हिमाल आरोहण र पदयात्राका लागि १२ महिना सम्भव रहेको भन्दै हिउँद र अफसिजनको समयमा राजश्व छुट सहितको सहुलियत दिदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter