एक हजार ४२३ जना सङ्क्रमित, दुई हजार ७२ कोरोनामुक्त, २१ को मृत्यु

काठमाडौं, भदौ २२ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ४२३ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ४२३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.६७ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ७२ जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८७९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३० हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २५८ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter