थप ९६१ जना सङ्क्रमित, एक हजार ६६० जना कोरोनामुक्त, २१ को मृत्यु

काठमाडौं, भदौ २५ गते । नेपालमा कोरोना भाइरसका ९६१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ५४९ आरटीपीसीआर परीक्षण गरिएकोमा ९६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुई हजार ३६७ वटा एन्टीजेन परीक्षणमा १८५ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ६६० जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९१४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा २९ हजार १८९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा शुक्रबारसम्म २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter