सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

अमरराज नहर्की / तनहुँ, भदौ २९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट नै पाँच मेगावाट विद्युत उत्पादन भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिई सम्पन्न गरिएको हो ।

आयोजनाको उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री भुषालले देशमा क्रमिक रुपमा विद्युतको उत्पादन बढीरहेकोले विद्युतीय सामाग्रीको प्रयोग बढाउन जरुरी रहेको बताउनुभयो । ‘‘स्वदेशकै उर्जा खपत गरी आयातित ग्याँसलाई प्रतिस्थापन गर्न सबै नागरिकलाई आग्रह गर्दछु’’ मन्त्री भुसालले भन्नुभयो ।

विद्युतको बढी भन्दा बढी खपत गरि देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान सुरु भएको भन्दै भान्सादेखि सडकसम्म विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिन मन्त्री भुषालले सुझाव दिनुभएको थियो । मन्त्री भुषालले नेपालमा मिश्रित उर्जा प्रणालीले लगानी कर्तालाई उत्साहित बनाएकोले जलविद्युत सँगै सोलार विद्युत उत्पादनलाई सरकारले प्राथमिकता दिएको बतानुभयो ।

साथै उहाँले लगानीकर्ताहरुका लागि सहज वातावरण बनाएर उत्पादन वृद्धि गर्दै लैजाने योजना रहेको बताउनुभयो । आगामी दुई बर्ष भित्रमा देशभर विद्युतीकरण गर्ने लक्ष्य लिएको जानकारी दिदै उर्जा क्षेत्रमा लगानी बढाउन लगानी कर्ताहरुलाई आग्रह समेत गर्नुभयो । सोलार फार्म प्रालिबाट उत्पादित पाँच मेगावाट विद्युत मङ्गलबार नै राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । स्वदेश तथा विदेशामा रहेका गैरआवसीयहरुको लगानी रहेको फार्म ४३ करोडमा निर्माण सम्पन्न भएको फार्मका निर्देशक शंकरजङग गुरुङ्गले जानकारी दिनुभयो ।

नेपाल सरकारसँगै पहिलो पटक सौर्य उर्जा उत्पादनका लागि सम्झौता गरि निर्माण सुरु भएको यो आयोजना आगामी २५ बर्षका लागि सो ठाउँ स्थित भानुभक्त क्याम्पसको १०० रोपनी जमिन भाडामा लिएर निर्माण गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले ७ रुपैया ३० पैसामा प्रतियुनिटमा २५ वर्ष सम्म खरिद गर्ने सम्झौता भएको आयोजनाका सेयर सदस्य तथा व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । फार्ममा अहिले उक्त परिमाणमा विजुली उत्पादन गर्न १३ हजार ५ सय प्यानल जडान गरिएको छ । फार्मबाट उत्पादित बिजुली करिव ५ सय मिटर पर रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter