एक हजार ८६ जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, असोज १ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६६५ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ७२० वटा एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ६५ हजार ६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५५ लाख ७३ हजार ८० जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बिहीबारसम्म नेपालमा २५ हजार ४९७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ३८६, भेन्टिलेटरमा ११७, होम आइसोलेशनमा २३ हजार ९५०, संस्थागत आइसोलेशनमा एक हजार ५४७ र क्वारेन्टाइनमा २३६ जना उपचाररत रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter