एडीबीको थप सात अर्ब ऋण

काठमाडौँ, असोज ५ गते । प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई थप सात अर्ब २० करोड रुपियाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ । एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने बैङ्कले जनाएको छ । सोमबार बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त ऋण स्वीकृत भएको उल्लेख छ ।

सन् २०२० नोभेम्बरमा स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान गर्ने, १४४ किलोमिटर ट्रान्समिसन लाइनको स्तरोन्नति र थप ११३ किलोमिटर लाइन निर्माण र विद्युत् वितरण प्रणाली नियन्त्रण केन्द्र स्थापना हुनेछ ।

एडीबीले उपलब्ध गराउने थप ऋण सहायताले नेपालमा विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो, प्रभावकारी र दिगो बनाउने बैङ्कको दक्षिण एसियाका लागि प्रमुख ऊर्जाविज्ञ जीवन आचार्यले बताउनुभयो । “यसले ट्रान्समिसन क्षमता र वितरण प्रणालीलाई विस्तार तथा आधुनिकीकरण गर्न थप लगानी प्रदान गर्नेछ,” उहाँले भन्नुभयो । सन् २०२६ सम्म प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाटसम्म पु-याउने लक्ष्य पूरा गर्न पनि यो सहायता सहयोगी हुने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter