एक हजार ३६ सङ्क्रमित थप, एक हजार ८३० निकाे, पाँचको मृत्यु

काठमाडौं, असोज ५ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नाै हजार ६२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९३६ वटा एन्टीजेन परीक्षण गर्दा २९४जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.८६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २१ हजार ५२४ जना छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter