लकडाउनको सदुपयोग गर्दै ब्यवसायिक कुरिलो खेती

विष्णुप्रसाद पोखरेल / दमक, असोज ८ गते । झापाको दमकमा कुरिलो माग बढेसँगै कृषकहरुले व्यवसायिक खेतीमा जुटेका छन् । कोरोना महामारीले कार्यालय तथा अधिकांश ब्यापार ब्यवसाय बन्द भएकाबेला स्थानीय नारायण योङहाङ्गले १० कठ्ठा जग्गामा कुरिलो खेती गरी विक्री गर्न थाल्नुभएको हो ।

योङ्हाङ एग्रो फर्म प्रा.लि. बनाएर आफुजस्तै मिल्ने तीन जनाको समुहले ब्यवसायिक रुपमा कुरिलो उत्पादन शुरु गरेको उहाँले बताउनुभयो । बजारमा कुरिलोको अधिक माग रहेको उहाँको भनाई छ । कुरिलोको तरकारी र सुप प्रयोगका लागि यसको माग बढेको उहाँले बताउनुभयो ।

आफुहरुको फर्ममा लगाएको करिब १० कठ्ठाको कुरिलो निकाल्ने काम पहिलो चरणमा शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । हाल दैनिक ५ देखि १० केजी मात्र हुनेगरेको तर आगामी दिनमा दैनिक ५० केजी निकाल्ने तयारी रहेको योङ्हाङले बताउनुभयो । अहिले बजारमा २ हजार प्रतिकेजीसम्म विक्री हुने गरेपनि आफुहरुले १२ सय देखि १४ सय रुपियासम्ममा प्रतिकेजी बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

कुरिलोलाई औषधिजन्य वनस्पतिको रुपमा लिइने गरेको र यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिने गरेको उहाँले बताउनुभयो । कुरिलोलाई आयुर्वेदमा बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिएकाले यसको महत्व धेरै रहेको योङ्हाङ एग्रो फर्मका अर्का सञ्चालक याम भण्डारीले बताउनुभयो ।

महिलाको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री–पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गरेमा लाभ हुने भण्डारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter