गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयारः नेता पौडेल

लक्ष्मण पौडेल / भैरहवा, असोज ९ गते । पूर्वअर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माण कार्य नरोक्न आग्रह गर्नुभएको छ । विमानस्थल आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि लगानी गर्न एसियाली विकास बैंक (एडीबी) तयार रहेको भन्दै उहाँले निर्माण कार्य नरोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शनिबार भैरहवामा उदघाटन गर्नुहुँदै नेता पौडेलले दोस्रो चरणको निर्माणका लागि थप ७ अर्ब रुपियाँ लाग्ने र यसका लागि एडीबीसँग कुराकानी भैसकेको बताउनुभयो । थप लगानी गर्न एडीबी तयार रहेकाले सम्झौता प्रक्रिया अघि बढाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । “विमानस्थल निर्माणमा कुनैखालको र कुनै ढङ्गबाट बिलम्ब गरिनु हँुदैन” पौडेलले भन्नुभयो– “दोस्रो चरणको काम सुरु गर्न हामीले पहलकदमी जारी राख्नेछौं ।”

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै सुविधासम्पन्न र अत्याधुनिक विमानस्थलमध्येमा समावेस हुन सक्नेगरी निर्माण गर्न चाहन्छौं”– पौडेलले भन्नुभयो– “विश्वको जस्तोसुकै विमान पनि यस विमानस्थलमा उडान र अवतरण गर्नसक्ने खालको निर्माण गर्नेछौं ।” कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले राज्यले औद्योगिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई भ्रममा राखेर सफल हुन नसकिने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले अप्ठ्यारो परिस्थितिका बाबजुद अगाडि बढेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले कोभिड र राजनीतिक अस्थिरताले निजीक्षेत्र प्रभावित बनेको बताउनुभयो । उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले उद्योग व्यवसाय लगानीमैत्री वातावरणमा उद्योगी व्यवसायीहरुलाई दर्ता प्रक्रिया झण्झटिलो भइकाले दर्ता प्रक्रियामा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter