डब्लुटीओको १२ औँ मन्त्रिस्तरीय सम्मेलनमा भागलिन स्वीकृति
काठमाडौँ, असोज १४ गते । सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिग्देल भौतिक योजना तथा यातायात्र मन्त्रालयका सहसचिव हुनुहुन्छ ।
बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बिभिन्न मन्त्रालय अन्तर्गतका विकासका आयोजनाका लागि अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । प्रवक्ता कार्कीका अनुसार जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन ( डब्लुटिओ) को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृत प्रदान गरेको छ ।
त्यसैगरी इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।