बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गर्छाैं: प्रधानमन्त्री

सचिन पाेख्रेल / इटहरी, कात्तिक ७ गते । सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज निरीक्षण गर्न इटहरी आउनुभएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिनुभएको हो । उहाँले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनस्करणमा रहेको बताउनुभयो ।

यसले पारेको क्षति न्यूनसीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उहाँको भनाइ छ । उहाँले बेमौसमी प्रकोपको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेकाले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउनुभयो ।

‘सुदूरपश्चिमबाट मध्यपश्चिमका जिल्लाहरुमा बाढी, पहिरो र डुबान भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘पूर्वमा पनि त्यस्तै अवस्था भेटियो । पहाडमा पहिरो र बाढीले प्रभाव परेको रहेछ यता (सुनसरीसहित तराईका जिल्लामा) डुबान भएको पाइयो ।’

उहाँले अगाडि थप्नुभयो ‘पहिराेले पीडितलाइ रेश्क्यू, रिलिफ (उद्दार र राहत) गर्ने हो । उनीहरुलाई (प्रभावितलाई) तत्काल खान र बस्ने व्यस्था गर्नुपर्छ । र, अहिले पाल टाँगेर राखेका छौँ । खानाको व्यवस्था गरेका छौँ ।’ तत्काल तीनै तहका सरकारको अन्तरसमन्वयबाट उद्दार, राहत र उपचारमा सरकारको ध्यान गएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

अहिले भएको प्राकृतिक प्रकोप अप्रत्याशित भएकाले आगामी दिनमा पनि दोहोरिन सक्ने भन्दै पूर्वतायरीमा लाग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । उहाँले भौतिक र मानवीय क्षति भन्दा कृषि क्षेत्रमा बढी क्षति भएको उल्लेख गर्नुभयो । अझै धानबाली सखाप नै भएकाले कृषकसँगै सिंगो देशलाई खाद्यसङ्कट आइपर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नभयो ।

प्रधानमन्त्री देउवासँगै सङ्घीय सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादर पनि क्षतिको निरीक्षण गर्न प्रदेश १ आउनुभएको थियो । प्रदेश १ सरकारका मुख्यसचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावको बारेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश सबैभन्दा बढी पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बुमा धनजनको क्षति भएको जानकारी दिनुभयो । यस्तै, प्रदेशमा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको बाढीपहिरोबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा सात जना अझै बेपत्ता भएका छन् । बाढी र पहिरोमा परेर प्रदेशका ५७० घर पूर्णरुपमा, ८९४ घर आंशिक रुपमा क्षति भएका छन् । प्रदेशमा १५ देखि २० प्रतिशत धानबालीमा क्षति भएको उल्लेख गरिएको छ ।

यस्तै, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लामा भएको बाढीपहिरोको क्षतिको विषयमा जानकारी गराउनुभएको थियो । बिहान सशस्त्र प्रहरी बलकाे १ नम्बर बराह बाहिनी मुख्यालय पकलीमा हेलिकाेप्टरबाट अवतरण गर्नुभएका प्रधानमन्त्री देउवा निरीक्षणका लागि अधिक क्षति भएका पाँचथर र इलामतर्फ प्रस्थान गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter