५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाकाे मृत्यु

काठमाडौं, कात्तिक ९ गते । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार २९६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter