• Wednesday, May 28, 2025

आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौँ, मङ्सिर १५ गते । निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

बुधबार निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामायिक विषयमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभयो ।

आगामी माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उहाँले बताउनुभयो ।

यसैगरी अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ । निर्वाचनको बेलाको हरेक सात÷सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र यी कुरा हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा भने खाता, सम्पत्ति विवरण लगायका कुराहरु स्वयं आयोगले नै हेर्ने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter