किसानको आर्थिक भरथेग गर्दैै किवी

इलाम, मङ्सिर २२ गते । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महìव दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् ।

गत वर्ष राम्रो उत्पादन भएको किवीलाई यो वर्ष असिनाले केही क्षति पु-याए पनि १२ क्विन्टलसम्म बिक्री गरेको इलाम सन्दकपुर गाउँपालिकाका किसान लीला भट्टराईले बताउनुभयो । “१२ रोपनी जतिमा किवी लगाएका छौँ, यो वर्ष उत्पादन घटे पनि बजार मूल्य राम्रै भएकाले आर्थिक रूपमा किवीले राम्रै सहयोग गरेको छ,” भट्टराईले भन्नुभयो ।

साँखेजुङका अर्का किसान गङ्गा विष्ट पनि यतिबेला किवी टिप्न व्यस्त हुनुहुन्छ । गत वर्ष ५० क्विन्टल किवी बिक्री गर्नुभएका विष्टको पनि यो वर्ष उत्पादन घटेको छ । “यो वर्ष ३० क्विन्टल किवी उत्पादन हुन्छ भन्ने अनुमान गरेको छु, टिप्न धमाधम छ” –विष्टले भन्नुभयो । उहाँको उत्पादन काठमाडौँसम्म पुग्ने गरेको छ ।

असिनाले यो वर्ष उत्पादन घटे पनि बजार मूल्य राम्रै रहेकाले किसानलाई राहत मिलेको विष्टको भनाइ छ । अन्य खेतीबालीभन्दा सजिलो र कम श्रम लाग्ने हुँदा अहिले किवीप्रति किसानको आकर्षण बढिरहेको विष्टले बताउनुभयो ।

पन्ध्र वर्षदेखि किवी खेती गर्दै आउनुभएका सुलुबुङका किसान तारामणि खतिवडाले आफ्नो बगान र अन्य किसानको गरी ३० क्विन्टल किवी बिक्री गर्नुभएको छ । किवीको थोक मूल्य प्रतिकिलो एक सयदेखि डेढ सय रुपियाँ र खुद्रा मूल्य प्रतिकिलो दुई सय रुपियाँ रहेको छ ।
इलामसहित झापाको विर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, काठमाडौँ र पोखरासम्म पुग्ने इलामको किवीलाई उपभोक्ताले रुचाएको पाइन्छ ।

नेपालमा विशेष गरी ‘ग्रीन र रेड’ किवी उत्पादन हुने गरेको छ । रेड किवी भदौ असोज महिनामा र ग्रीन किवी मङ्सिर महिनामा टिपाइ हुन्छ । ग्रीन किवीका पनि हेवार्र्ड, ब्रुनो, मन्टीलगायतका जात छन् र जातअनुसारको दाना भएकाले उपभोक्ताले अलग–अलग मन पराउने गरेको किसानहरू बताउँछन् ।

तर किवी खेतीमा लागि बीमा कार्यक्रम नभएको र बीमा कम्पनीहरूले पनि झन्झटिलो मान्ने भएकाले किसानलाई भने समस्या भएको खतिवडाले बताउनुभयो । सुलुबुङस्थित हेस्टी किवी प्रालिका सञ्चालक समेत रहनुभएका खतिवडाले भन्नुभयो, “सरकारले बीमा कम्पनीलाई किवी खेतीको बीमा गर्न प्रेरित गर्न सहयोग ग-यो भने त्यसले किसानलाई सहयोग पुग्ने रहेछ । ”

यो वर्ष नेपालमा किवीको उत्पादन २५ प्रतिशतले बढेको छ तर असिनाका कारण इलाममा उत्पादन घटेको हो । गत वैशाखमा आएको असिना पानीले इलामको किवी खेतीमा चार करोड ७८ लाख रुपियाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क छ ।

किवी खेतीमा किसानको आकर्षण बढेपछि सरकारले इलाममा ‘किवी जोन’ कार्यक्रम नै सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत इलाम नगरपालिकाको वडा नं. १, २, ३ र ४ लाई किवी जोन घोषणा गरी कार्यक्रम चालू छ । किवीको प्राविधिक सीप, दक्षता, किवीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा परियोजनाका लागि आएको रकम खर्च भइरहेको परियोजनाले जनाएको छ । परियोजनाले किवीलाई औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिकीकरण किसानलाई सहयोग गर्ने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter