• Wednesday, April 23, 2025

लयमा फर्किंदै पर्यटन क्षेत्र

लक्ष्मण पौडेल / भैरहवा, मङ्सिर २४ गते । कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपय पलायन भए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए ।

अहिले भने लुम्बिनीमा बिस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशा जगाएको लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले बताउनुभयो । “व्यवसायीलाई मात्र नभई घुम्न आउनेलाई पनि उत्साही बनाएको हामीले पाएका छौँ,” उहाँले भन्नुभयो ।

अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने धारणा व्यक्त गर्दै महासचिव शर्माले भन्नुभयो, “लुम्बिनी आउन थालेका पर्यटकका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी छ, नभए पर्यटन व्यवसायले खासै फाइदा उठाउन सक्दैन । ”

कोभिड–१९ को सङ्क्रमण दर कम हुँदै जाँदा यतिबेला लुम्बिनीमा पर्यटकको भीड लाग्न थालेको छ । तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएका बेला अहिले भारतबाट आउने पर्यटक पनि बढेका छन् ।

लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको सङ्ख्या बढेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चार हजार पर्यटक लुम्बिनी आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter