• Sunday, April 13, 2025

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई दिएकाे छ ।

क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय पनि गरेको छ ।

क्यानले यसअघि गरेको खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा गुनेसो गर्दै आउनुभएको थियो । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको कारबाही गरिएका खेलाडीको भनाइ थियो । खेलाडीसँग क्यानले स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडीले आचार संहिता समेत पालना नगरेकोले कारबाही गरिएको क्यानले जनाएको छ ।

यसैगरी क्यान बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा गर्ने, नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने, संघका पूर्वअध्यक्ष नरेश श्रेष्ठलाई क्यान सल्लाहकार समितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter