चिसो छल्न तराई झर्दै हुम्ली

सिमकोट, पुस १ गते । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् ।

मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौं बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ ।

चिसो छल्नका लागि बेंसी झर्नेमा विशेष गरेर उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक छन् । हिउँदका तीन महिना पुस, माघ र फागुनमा उतैतिर न्यानो हुने भएको हुँदा वृद्धवृद्धा जिल्ला बाहिरिन थालेका छन् । त्यस्तै जिल्लाको मध्य क्षेत्र रहेको सर्केगाड, दक्षिण क्षेत्र अदानचुली, ताँजाकोट र चङ्खेली गाउँपालिकाका नागरिक भने गाडीमा बाहिरिने गरेका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अझैसम्म पनि सडक सञ्जालले नछोएको हुँदा माथिल्लो भेगका नागरिकलाई सजिलै जिल्ला बाहिर जान समस्या हुने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter