• Sunday, April 13, 2025

मासिक २५ रुपियाँबाट सुरु गरेको महिला सहकारीमा करोडौं बचत

गोकर्ण दायल / बैतडी, पुस ८ गते । मासिक २५ रुपियाँबाट बचत गर्न सुरु गरेको महिला सहकारीमा अहिले दुई करोड ३० लाख रुपियाँ लगानीयोग्य पुँजी र एक करोड ६० लाख रुपियाँ बचत जम्मा भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–४, स्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था खोलेर मासिक २५ रुपियाँ बचत गर्न सुरु गरेर स्थापना गरेको सहकारीमा अहिले छसयभन्दा बढी महिला बचत कर्ता पुगेका छन् ।

२०५४ सालमा स्थानीय ५४ जना महिलाले मासिक २५ रुपियाँबाट बचत सुरु गरेको सहकारी संस्थाका अध्यक्ष अम्बिका भण्डारीले बताउनुभयो । झोलामा बचत पासबुक बोर लामोसमय सञ्चालन भएको सहकारीको अहिले आफ्नै दुई तले भवनसमेत ठड्याएको भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो,“ हामीलाई तत्कालीन सिप्रेड किसान परियोजनाले सहकारी खोल्न सहयोग गरेको थियो । ५४ जना महिला मिलेर मासिक २५ रुपियाँबाट बचत सुरु ग¥यौं । अहिले बचत कर्ता महिलाको संख्या छ सय नाघेको छ । सहकारी संस्थामा करोडौं रुपियाँ बचत भएको छ ।”

स्थानीय महिलाहरुले मासिक बचत गर्न थालेपछि महिलाहरु आर्थिक रुपमा निर्भर बन्न थालेको सहकारीका कोषाध्यक्ष सङ्गीता लोहनीले बताउनुभयो ।

“घरायसी व्यवहार चलाउन महिलाले पुरुषको भर पर्नुपर्ने अवस्था छैन,” कोषाध्यक्ष लोहनीले भन्नुभयो,“ मासिक बचत गर्ने महिलाको घरायसी र सामाजिक प्रतिष्ठा बढेको छ । सानो तिनो उद्यमका लागि ऋण चाहिको बेला महिलाले सजिलै निकाल्न सक्नेभएका छन् ।”

जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाका महिलाले मासिक बचत गर्नुका साथै महिला हिंसा सम्बन्धी छलफल, अन्तरक्रिया तथा मुद्दा मामिलामा पनि चासो दिने गरेको सहकारी सस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

“हरेक वर्ष सकारी संस्थाले महिला हिंसासम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ” अध्यक्ष भण्डारीले भन्नुभयो, “सदरमुकाम हिँड्ने बाटो महिलाहरुले नै बनाएका छौँ । महिलाहरुलाई सीप विकासका गरेर सिलाई सेन्टर स्थापना गर्न प्रेरणा दिइरहेका छौं । ”

सहकारीमा आबद्ध महिलाहरुले कृषि, बाख्रापालन, सिलाइ सेन्टर, कस्मेटिक पसल सञ्चालन आदि उद्यमशीलतामा लगानी गरेर आत्मनिर्भर बनेको सहकारीले जानकारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter