• Sunday, April 06, 2025

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ वटा दल दर्ता

काठमाडौं, पुस १० गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ ।

‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने जानकारी हिजै गराउनुभएको थियो ।’, निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्ले बताउनुहुन्छ ।

दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् । नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य िनर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले भोट राख्नुहुनेछ ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । स्थानीय निकायको निर्वाचनमा भने यो संख्या वृद्धि हुने वाग्ले बताउनुहुन्छ ।

उहाँका अनुसार दर्ता भएका कागजपत्रको छानबिनको कामपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गर्ने निर्णय आयोगले गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter