• Saturday, May 24, 2025

तङ्ग्रदै औषधि लिमिटेड, थप १८ प्रकारका औषधि उत्पादन गर्दै

सिर्जना खत्री / काठमाडौं, पुस १६ गते । सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडले उत्पादन क्षमता वृद्धि गर्ने भएको छ । कम्पनीले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन गर्ने गरी क्षमता बढाउन लागेको हो ।

लिमिटेडले विभिन्न सङ्क्रमणमा प्रयोग हुने एन्टिबायोटिक, गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने औषधि लगायत सेनिटाइजर, ग्लिसिरिन र जीवनजल गरी थप १८ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो ।

महाप्रबन्धक सफिउल्लाहका अनुसार लिमिटेडले ती औषधि उत्पादनका लागि औषधि सेवा विभागमा अनुमति मागिसकेको छ । औषधि व्यवस्था विभागको टोलीले अनुगमन पश्चात् उत्पादन अनुमति दिने बितिकै ती औषधिको उत्पादन सुरु गर्ने महाप्रबन्धक सफिउल्लाह बताउँनुभयो ।

औषधि लिमिटेडले पहिलो चरणमा मृगौला रोगीहरुको उपचारमा प्रयोग हुने हेमोडाइलासिसको प्रडक्ट लगायत एजिथ्रोमाइसिन २५०÷५०० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासिन २५०÷५०० एमजी (ट्याबलेट),मेट्रोनिडाजोल २०० ÷४०० एमजी (ट्याबलेट),मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट),अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट),ट्याबलेट फोलिक एसिड ०.४ एमजी गरी सात थरीका औषधि उत्पादन गर्ने लिमिटेडलेका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जानकारी दिनुभयो । सफिउल्लाह अनुसार उक्त सात प्रकारका औषधि आगामी तीन महिना भित्र उत्पादन गर्ने लिमिटेडको लक्ष्य रहेको छ ।

थप उत्पादन गर्ने १८ प्रकारका औषधि

लिमिटेड उत्पादन गर्ने १८ थरीका औषधिहरु एजिथ्रोमाइसिन २५० एमजी (ट्याबलेट), एजिथ्रोमाइसिन ५०० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासिन २५० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासिन ५०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल २०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल ४०० एमजी (ट्याबलेट),मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट),अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट),ट्याबलेट फोलिक एसिड ०.४ एमजी,ट्याबलेट आइरन प्लस फोलिक एसिड, हेमोलायलासिस ए, हेमोलायलासिस बी तथा ट्याबलेट सेट्रिजेन, ट्याबलेट सिटा प्लस, सेनिटाइजर, गिल्सिरिन र जीवनजल रहेका छन् ।

यी औषधिहरु उत्पादनका लागि आवश्यक पर्ने मेसिन लिमिटेडसँग रहेको सफिउल्लाहले जानकारी दिनुभयो । उहाँका अनुसार सिटामोल बनाउने मेसिनको प्रयोगबाटै विभिन्न औषधि उत्पादन गर्न सकिन्छ ।

‘सिटामोल बनाउनका लागि जुन मेसिन प्रयोग हुन्छ, अन्य औषधि बनाउन पनि त्यही मेसिन प्रयोग हुने हो। केही मेसिनहरु छन्, जुन खाली नै छ । उत्पादन नभएर हामीले प्रयोग गरिरहेका छैनौं। त्यसैले कच्चा पदार्थ ल्याउन मात्र समय लाग्ने हाे। त्यो पनि एक महिनाभित्र ल्याउन सक्छौं’ उहाँले भन्नुभयो ।

हाल जीवनजल उत्पादनका लागि लिमिटेडसँग तीन वटा मेसिन छ । लिमिटेडले सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लिसिरिन गरी पाँच वटा उत्पादन गर्दै आएको छ । अर्काे एउटा मेसिन ल्याउने तयारी लिमिटेडको छ जसका लागि टेन्डरको काम सकिएको छ ।

देशभर आठ करोड सिटालमको माग छ

महाप्रबन्धक सफिउल्लाह देशभरमा एक वर्षमा आठ करोड चक्की सिटामोलको माग छ । लिमिटेडले देशको माग अनुसार सिटामोल उत्पादन गरेको महाप्रबन्धक सफिउल्लाह दाबी गर्नुहुन्छ ।

लिमिटेडले तीन महिनामा दुई करोड चक्की सिटामोल उत्पादन गर्ने गरेको सफिउल्लाह जानकारी दिनुभयो । महाप्रबन्धक सफिउल्लाह लिमिडेडले हाल दुई दिनमा तीन ब्याच सिटामोल र दैनिक तीन ब्याचसम्म जीवनजल उत्पादन गरिरहेको छ । सफिउल्लाहका अनुसार सिटामोल एक ब्याजमा तीन लाख २० हजार र जीवनजल एक ब्याजमा १२ हजार प्याकेट उत्पादन हुने गर्छ।

पानी लगायत प्रडक्ट गर्ने लिमिटेडको योजना

लिमिटेडले पानी उत्पादन गर्ने योजना बनाएको छ । केही महिनामै लिमिटेडले औषधि उत्पादनमा प्रयोग गर्न मिल्ने युएसपि पानी उत्पादन गर्ने सफिउल्लाहले बताउनुभयो ।

सफिउल्लाहल भन्नुहुन्छ, ‘लिमिटेडले पानी पनि उत्पादन गर्ने योजना बनाएको छ । डिस्टिल वाटर, डबल डिस्टिल वाटर फर्मा वाटर र उद्योगमा प्रयोग हुने वाटर उत्पादन हुनेछन्।‘

सरकारले निःशुल्क उपलब्ध गराउन ७१ प्रकारको औषधि उत्पादन गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको महाप्रबन्धक सफिउल्लाहले बताउनु भयो । दुई वर्ष भित्र उक्त औषधि उत्पादन गरि सरकारलाई दिने गरेर योजना बनाएको सफिउल्लाहले जानकारी दिनुभयो ।

विं सं २०२९ सालमा सरकारी स्वामित्वमा स्थापना भएको हो । उक्त उघोगले १२० थरीका औँषधि उत्पादन गरी बजारमा बिक्री गर्दै आएको थियो । विश्व स्वास्थ्य सङ्गठनको गुड मेनिफ्याक्चरिङ प्राक्टिस जिएमपी मिट गर्न नसकेको भन्दै विं सं २०६६ देखि उघोग पूर्णरुपमा बन्द भएको थियो । २०७४ सालदेखि लिमिटेडले पुनः उत्पादन गर्न सुरु गरेको थियो ।

हाल लिमिटेडले विभिन्न १४४ थरीका औषधि उत्पादन गर्दै आइरहको छ । लिमिटेडमा सरकारी दरबन्दीमा र करार गरेर १०३ जना कर्मचारी कार्यरत छन् । नेपाल औषधि लिमिटेड कुल ४३ रोपनी जग्गामा सञ्चालन हुँदै आएको छ । गोरखापत्र

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter