दुनाटपरी व्यवसायले थारु समुदायको दैनिकी फेरिदै

जानु पाण्डे / कपिलवस्तु पुस १९ गते । खेर जाने सालको पातबाट दुना टपरी निर्माण गरेर स्थानीय थारु समुदायको दैनिकी फेरिएको छ । यहाँको विजयनगर गाउँपालिकाका थारु समुदायका महिलाको दुना टपरी व्यवसायले दैनिकी फेरिएको हो ।

फुर्सद भएकाबेला घरमै बस्दैआएका वडा १ जवावैराठका महिला आजभोलि दुना टपरीले उद्यमी भएका छन् । फुर्सदको समय भएपछि उहाँहरु स्थानीय वनमा गएर सालको पात टिपेर ल्याउने गरेका छन् । टिपेको पातलाई हातले उनेर दुना टपरी निर्माण गरी नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारमा गई विक्री गर्दैआएको स्थानीय सविता थारुले बताउनुभयो ।

एक जनाले दैनिक ३ सय दुना टपरी निर्माण गर्दैआएको उहाँले जानकारी दिनुभयो । एक दशकदेखि फुर्सदको समय सदुपयोग गर्दै आइरहेको महिलाले बताएका छन् । जिल्लाको बिकट क्षेत्रको रुपमा मानिदै आएको जवावैराठमा वन क्षेत्र प्रशस्त भएको र सालको बोट पनि धेरै भएको हुँदा पातको अभाव नहुने थारुले बताउनुभयो ।

स्थानीय बजारमा सय थान दुना टपरीलाई ६० रुपियाँको दरले बिक्री गर्नेगरेको उहाँले बताउनुभयो । एक हप्तासम्म निर्माण गरेका सामग्री विक्री गर्न बजार लग्ने गरिएको उहाँको भनाई छ । दुना टपरी बनाउने नयाँ प्रविधि र उपकरण बजारमा आएको भएपनि आर्थिक अवस्था न्यून भएको कारणले खरिद गर्न नसकिएको सविताका छिमेकी दरवारी थारुले बताउनभयो । आफूहरुसँग भएको परम्परागत सीपको प्रयोग गरी आयआर्जन गरिरहेको उहाँको भनाई छ ।

प्रविधिको युग भएपनि हामी हातले बुन्नुपर्ने बाध्यतामा छौं उहाँले भन्नुभयो । मुख्य रुपमा कृषि पेसा गर्दै आएपनि फुर्सदको समयमा दुना टपरी बनाउने गरेको उहाँहरुको भनाई छ । मेहनतअनुसारको मूल्य नपाए पनि दैनिक गुजाराको लागि आर्थिक सहयोग भइरहेको ती समुदायका महिलाको भनाई छ ।

सालको पात र अन्य सामग्री निःशुल्क पाइने भएको र फुर्सदको समय मिलाएर काम गर्न मिल्ने भएकाले सहज भएको उहाँहरुको भनाई छ । प्लास्टिक र कागजले बनेका सामग्रीले बजार लिएपछि दुना टपरीको बजार खुम्चिँदै गएको दरवारीले बताउनुभयो । हाल धार्मिक कार्यको लागि बढी दुना टपरीको प्रयोग हुनेगरेको दरवारी थारुको भनाई छ । सालको पातले बनेको दुना टपरीको प्रयोग पछि खेतबारीमा राम्रो मल पनि बन्ने हुनाले यसको प्रयोगले कृषकलाई फाइदा हुनेगरेको उहाँको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter