• Saturday, April 05, 2025

जनतालाई दिइने सेवा छिटो छरितो दिन प्रधानमन्त्रीद्वारा मन्त्री र सचिवहरूलाई निर्देशन

काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो ।

‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’

जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो

प्रधानमन्त्री देउवाले जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । ‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter