महाकालीको पानी आएपछि किसानले फलाए आलु

गोकर्ण दयाल / बैतडी , पुस २४गते । खेती किसानी गर्न आकासको पानीको भर पर्दा सधैं बाँझो रहने खेतमा अहिले महाकालीको पानी कलकल बगिरहेको छ । बाँझो खेतमा महिलाले मेहनत गरेर गोठेमलको प्रयोग गरेपछि पहिलो पटक ४० क्विन्टल आलु फलेको छ । स्थानीय सरकारले महाकालीको पानी तान्न १५ लाख रुपैयाँको लिफ्ट सिँचाई योजना बनाएपछि बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीका महिलाले आलुखेती गरेका हुन् ।

दशरथचन्द नगरपालिका र रुडेस/अक्सफामको सहयोगमा बनेको लिफ्ट सिँचाई योजनाले बैतडीको तिरखडेनी गाउँ अहिले हराभरा भएको स्थानीय महिला किसान शान्ति बुडालले बताउनुभयो । ‘गोठेमल प्रयोग गरेर गाउँमा पहिलो पटक हामीले ४० क्विन्टल आलुको बिउँ रोप्यौँ’, शान्ति बुडालले भन्नुभयो, ‘युरिया, मलखाद र विषादीको प्रयोग नगरी आलु फलाएका छौँ ।’

कृषि ज्ञान केन्द्र बैतडीले महिलालाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बिउँ दिएको थियो । गाउँमा पहिलो पटक महिलाले व्यवसायिक आलुखेती सुरु गरेको कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो । गतवर्ष छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रोपेको तीन महिना नपुग्दै आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय किसान कौशा बुडालले बताउनुभयो ।

यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको सम्झना गर्दै प्रताप बुढालले अब त्यो समस्या टरेको बताउनुभयो । ‘महाकालीबाट लिफ्ट सिंचाई योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौं’, उहाँले भन्नुभयो, ‘बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter