१९ सय ८१ जना सङ्क्रमित थपिए, एककाे मृत्यु; सार्वजनिक ठाउँमा भेला हुन रोक, मेला, महोत्सव नगर्न अनुराेध

काठमाडौं, पुस २७ गते । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म नौ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक लाख ८० हजार ४५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सार्वजनिक ठाउँमा भेला हुन रोक, मेला, महोत्सव नगर्न अनुराेध

उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार मध्यराति १२ बजेदेखि यो निर्णय कार्यान्वयन हुनेछ । सँगै बैठकले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter