२४ घण्टामा २९ सय २२ कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

काठमाडौं, पुस २९ गते । पछिल्लो २४ घण्टामा नेपालमा २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४५ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परीक्षणलाई हेर्दा संक्रमित हुनेको संख्या एकै दिन बिहीबार ३५ सय ५३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७१ जना निको भएका छन् । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter