चार्टर्ड उडानमा भएको अनियमितता छानबिन गर्न समिति गठन; प्रदिवेदन पेस गर्न १० दिनको म्याद

काठमाडौं, पुस २९ गते । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको उद्धारमा भएको अनियमितता छानबिनका लागि समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको अनिमियताका विषयमा छानबिन गर्न बिहीबार समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समिति सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर हुनुहुन्छ ।

बिहीबार गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुइटेलले बताउनुभयो । समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter