पर्यटनको सम्भावना रहेको देवघाट

वसन्त पराजुली / भरतपुर, माघ ३ गते । देवघाट महत्त्वपूर्ण धार्मिक स्थल हो । माघे सङ्क्रान्तिका दिन त यहाँ ठूलो मेला नै लाग्छ तर यस क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पर्याप्त काम काम हुन सकेको छैन । कोरोना महामारी बढेपछि यस पटकको मकर सङ्क्रान्तिमा देवघाटमा भेला नहुन स्थानीय प्रशासनले रोक नै लगायो तर पनि यसले सर्वसाधारणलाई रोकेन । माघे सङ्क्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्त्वको सम्बन्ध भएकाले स्नानकै लागि आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रहेको गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेलले बताउनुभयो ।

देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहे पनि यहाँका महत्त्वपूर्ण सम्पदाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको प्याकुरेलको बुझाइ छ ।

“धार्मिक पर्यटनको सम्भावना भए पनि यसको समुचित विकास गर्न सकिएको छैन । देवघाट धार्मिक रूपमा महŒवपूर्ण स्थल हुँदाहँुदै पनि हामीले यसको महत्त्व बुझाउन सकिरहेका छैनौँ,” भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. सुवेदीले भन्नुभयो । देवघाटमा धार्मिकसँगै पर्यटकलाई आकर्षण गर्ने रमणीय स्थल पनि रहेको उहाँले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सुवेदीले नेपालमा पशुपति, मुक्तिनाथ र जानकी मन्दिरमा जस्तै देवघाटको पनि धार्मिक पर्यटन विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

देवघाटको विकासका लागि नीतिगत रूपमा गर्नुपर्ने कार्यक्रम गर्न नसकिएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “देवघाटको महत्त्वसहितको सूचना केन्द्र बनाउनुपर्ने काम पनि हुन सकेको छैन भने पशुपति, मुक्तिनाथ र जानकी मन्दिर जाने पर्यटकलाई बीचमा पर्ने देवघाटमा छिराउने प्याकेज कार्यक्रम दिन पनि सकिएन । ”

देवघाटका विभिन्न मठमन्दिरका आफ्नै धर्मशाला भए पनि सरकारका तर्फबाट धर्मशाला निर्माण हुन भने सकेको छैन । हरेक वर्ष माघे सङ्क्रान्तिको दिनमा देवघाटमा ठूलो मेला लाग्छ । यसबाहेक पनि साउनको सोमबार ‘बोलबम’ आउने गरेका छन् । अन्य समय देवघाट घुम्न आउनेको सङ्ख्या भने ज्यादै न्यून हुन्छ ।

देवघाटको सबैभन्दा बढी आकर्षण बेनी नै हो । दामोदर कुण्डबाट आएको त्रिशूली नदी र मुक्तिनाथ हुँदै आएको कालीगण्डकी नदीको सङ्गम भएका कारण देवघाटको बेनी धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । सूर्य मकर राशिमा भई उत्तरायण हुने माघे सङ्क्रान्तिका दिन देवघाटमा आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने विश्वास भक्तजनमा छ । बेनीमा जलयात्रा गराउने व्यवस्था गर्ने हो भने पर्यटकलाई थप आकर्षण गर्न सकिने विज्ञहरू औँल्याउँछन् । अझै नदी किनारमा भेटिने शालिग्रामलाई देवता मानेर पुज्ने गरिन्छ । सीता भासिएको गुफा, शिला बढ्ने विश्वास गरिएको मणि मुकुन्दसेन चक्रवर्ती महादेव मन्दिर र योसँगै रहेको पुष्प वाटिका पर्यटकको मन तान्न सफल छ ।

यस्तै देवघाटमै रहेका विभिन्न मठमन्दिर र पीठले सञ्चालन गरेका गुरुकुल संस्कृत विद्या आर्जन गर्ने थलो बन्दै आएका छन् । चितवनतर्फ भएको महाबौद्ध गुम्बा र विभिन्न मठमन्दिर पर्यटकका रोजाइ क्षेत्र हुन् । देवघाटका वृद्धाश्रम इतिहास अध्ययन गर्ने थलो बनिरहेका छन् ।

देवघाटमा निर्माण हुने भनिएको त्रिकोणात्मक पुल निर्माणको काम सुरु हुन सकेको छैन । पुलको निर्माणको काम प्रक्रियामा रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटको विकासका लागि बनेको २१ वर्षे गुरुयोजना १३ वर्ष पूरा हुँदै गर्दा पनि २५ प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । ” नेपाल सरकारले देवघाटको विकासलाई प्राथमिकतामा नराख्दा समस्या भएको उहाँको तर्क छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter